काठमाडौं—नेकपा (माओवादी केन्द्र) रुकुमपश्चिम चौरजहारी कमिटीका अध्यक्ष सुन्दर शर्मासहित ६ जनाले सामूहिक राजीनामा दिएका छन्। बुधबार पार्टी कार्यालयमा आयोजित नगर कमिटी बैठकमा अध्यक्ष शर्मासहित सदस्यहरू लालबहादुर कामी, परशुराम लामिछाने, भद्रबहादुर बुढा, असारी दमाई र ललिता विष्टले राजीनामा दिएका हुन्।
चौरजहारीको तेस्रो नगर अधिवेशनपछि शर्माको नेतृत्वमा नयाँ कमिटी चयन गरिएको थियो, तर पार्टी कार्यकर्ताहरूले निर्वाचन आयोगको केन्द्रीय कार्यालयमा उजुरी दिएका थिए। लामो समयसम्म विचाराधिन रहेको उजुरी र नकारात्मक टिप्पणीपछि शर्माले राजीनामा दिएका छन्। उनले पार्टीको एकता र सुदृढिकरणका लागि राजीनामा दिएको जनाए।
नगर कमिटी बैठकमा केन्द्रीय सदस्य विशाल शर्मा, प्रदेश कमिटी सदस्य राधा रोका र सपना कार्की लगायत उपस्थित थिए।




















