पथरी— मोरङको पथरीशनिश्चरे १० जिरिखिम्तिमा एसियन हाइवे निर्माणको लागि बसेको प्लान्टले पैनी बन्द गरेपछि किसानहरूमाथि गम्भीर असर परेको छ। सिंचाइका लागि प्रयोग हुँदै आएको पैनी बन्द गरिएपछि लगभग ५० विघा खेती योग्य जमिन प्रभावित भएको छ।
कम्पनीले दुई सय परिवारले सिचाई संगै घरायसी प्रयोजनका लागि नुहाउने, लुगाधुने, गाई बस्तुलाई पानी खुवाउन प्रयोग गर्दै आएको नक्साको पैनी कम्पनीले बन्द गरिदिएको छ । पैनी भएकै स्थानमा कम्पनी बसे पछि पैनीबाट हुने सिचाई बन्द भएको हो । पैनीको पुच्छमा कम्पनीबाट निस्कीएको दुषीत पानी मिसाएका कारण गएको असोज कार्तिकमा धानवाली आधा घटेको स्थानीय भिम मगर बताउछन । मगर भन्छन ‘एउटा कुखुराको फर्म बस्न गाउँमा साछि बस्नु पर्ने यत्रो कम्पनी बस्दा गाउँमा कसैलाई सोधनु नपर्ने’ ?
कम्पनिले बातावरणमा पारेको असर मात्र हैन उक्त स्थानमा अलकत्र पोल्ने मेसिन अस्फाल्ट प्लान्ट समेत राख्ने योजना सुरु गरेको छ । कम्पनीले बातावरणमा पारेको असर र मासेको पैनी नहटाए कानुनी लडाई लड्न बाध्यहुने पुर्व वडासदस्य अनोज घिमिरेको भनाई छ । स्थानिय संगको सहकार्य विना र पथरी शनिश्चरे नगरपालिकालाई जानकारी नगराई निर्माण कार्य सुरु गरेकाले स्थानियले सुरुवात देखिनै बिरोध गर्दै आएका थिए । एसियन हाईवे निर्माणका लागि भन्दै बसेको प्लान्टबाट निस्किएको धुवा, धुलो, ध्वनी, दुशित पानी, विकार कच्चा पदार्थ, शौचालयको ढल लगायतले समुदायमा बातावरण प्रदुषित हुनुको साथै सिचाई गदै आएको पैनी मासेको स्थानीय जनक पोख्रेल बताउँछन ।
अचानक टुन्डी कन्ट्रक्सनले स्थानीयको राय सरसल्लाह बेगरै कम्पनी खडा गरे पछि गाउँमा समस्या आउन थालेको छ । कम्पनिबाट निस्कीएको सिमेन्ट सहितको पानी बन्द रहेको नालाको तल्लो भागमा मिसाएका कारण बालिनाली उब्जाउमा आधा घटेको कन्चनजंघा दैविक प्रकोप समितिका अध्यक्ष सागर थापा बताउछन । विकासको नाममा बातावरणको ख्यालै नगरी कम्पनी राख्दा सम्म सरोकारवाला पक्षबाट चासो नराखेको थापा बताउछन । उत्त कम्पनीबाट निस्कीएको धुवा धुलोले मानव जिवनमा असर गर्नुका साथै गाउँका घरहरु पुरिन थालेको थापाको भनाई छ ।
नगरले पटक पटक स्थानियको राय सहित आईईई गरि प्लान्ट संचालन गर्न मैखिक जानकारी गराए पनि कम्पनिले वेवस्था गरेको पथरी शनिश्चरे नगरका प्रमुख प्रसासकिय अधिकृत शशि राई बतउँछन । कम्पनिलाई एआई र आईई नगरी कुनै पनि गतिबिधी संचालन नगर्न पटक पटक निर्देशन दिएको वडाध्यक्ष जिवन खतिवडा बताउँछन ।
हाल समुदाय र नजिकै रहेको सिचाई पैनिमा दुषित पानी, विकार कच्चा पदार्थ मिसाए पछि बालिनानी नस्ट हुन थालेको जगत तिवारी बताउँछन । असोज कार्तिकको धानबालीमा प्रर्याप्त सिचाई नभएका कारण उब्जाउ घटेको जगत तिवारी बताउछन ।
पथरी शनिश्चरे नगरपालिका भित्र यत्रो प्लान्ट बस्दा समेत नगरले कुनै चासो नदिएको स्थानिय युवा शंकर दाहालको भनाई छ । यता प्लान्टले स्थानिय सरकार संग कुनै पनि समन्वयकारी भुमिका नगरेको र मनमैजी प्लान्ट राखेको वडा सदस्य बीर बहादुर बस्नेतले बताए ।
एसियाली राष्ट्रहरुलाई जोड्ने सडक संजालका लगि नेपालमा १ सय २० किलोमिटर सडक स्तरोन्नतीको काम सुरु भएको छ । काँकरभिट्टाबाट लौकही सम्मको एसियन हाइवे निमार्णको जिम्मा अचान टुन्डी कन्ट्रक्सनले पाएको छ । अचान टुन्डी कन्ट्रक्सनको तर्फबाट एसियन हाईवे निर्माण गर्ने ठेक्का अनुरुप बेदालय कन्स्ट्रक्सन प्रा. ली. कम्पनिले स्थानिय गंगा कटुवाल, गणेश बहादुर कटुवाल संग जग्गा ८ बर्षका लागि लिज हाईवे निर्माणको काम सुरु गरेको छ ।





















