ताप्लेजुङ—ताप्लेजुङको फुङलिङ बजारमा शनिबार राति प्रहरी प्रशासनद्वारा नो केवलकार पक्षीय पदयात्रामा क्रूर दमन भएको भन्दै मुक्कुम्लुङ संरक्षण संयुक्त सङ्घर्ष समितिले कडा आपत्ति जनाएको छ। 

समितिले प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा र डीएसपी रवि रावललाई कारबाही गर्न माग गर्दै विज्ञप्ति जारी गरेको छ।

बिज्ञप्तिमा राज्य पक्षबाट भएको क्रुर ,जंगली ,आततायी  ,अमानविय दमनको घोर भर्त्सना सहित घाइतेहरुको उपचार ,प्रक्राउ परेका व्यक्तिहरुको रिहाइ ,बेपत्ताहरुको खोजि ,उच्चस्तरीय छानबिन र केवलकार खारेजीको जोडदार माग गरेको छ। 

समितिले घाइतेहरुको तत्काल उपचार ,पक्राउ परेकाहरु रिहाई ,बेपत्ताहरुको सार्वजनिक ,सिडिओ शर्मा र डीएसपी रावललाइ तत्काल कारबाही गर्नुपर्ने ,कर्फ्यु तत्काल हटाउनु पर्ने र ,केवलकार निर्माण योजना खारेज नगरे थप आन्दोलन गर्ने चेतावनी दिएको छ।