- बद्री अर्याल
बुधुक—धनकुटाको चौबिसे गाउँपालिकामा नेकपा एमालेको दोस्रो गाउँ अधिवेशन शनिबार सम्पन्न भएको छ। अधिवेशनले जीवन कटवालको अध्यक्षतामा ६० सदस्यीय नयाँ गाउँ कमिटी सर्वसम्मत चयन गरेको छ।
कमिटीको उपाध्यक्षमा टंकमायाँ पाङमी मगर, सचिवमा बुदिन चेम्जोङ, उपसचिव (खुला) मा मदन तुम्सा,महिला उपसचिवमा बेदकुमारी गजमेर निर्वाचित भएका छन्।
सदस्यतर्फ खुला, दलित, भूगोल, युवा, र महिला कोटाबाट ५३ जना सदस्यहरू चयन भएका छन्। दलित सदस्यमा रमेशकुमार गजमेर र पञ्चबीर विश्वकर्मा निर्वाचित भएका छन्।
वडा अनुसार वडा नं. १ बाट ५ जना, वडा नं. २ बाट १० जना, वडा नं. ३ र वडा नं. ६ बाट ७/७ जना, वडा नं. ४, ५, ७, र ८ बाट ६/६ जना सदस्य चयन भएका छन् । निर्वाचित खुला सदस्यमा २७ जना, युवाबाट ९ जना, र महिलाबाट १७ जना रहेका छन्।
पार्टीका केन्द्रिय सदस्य तथा पूर्व खानेपानी मन्त्री राजेन्द्रकुमार राईको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनले आगामी कार्ययोजना तय गरेको छ। नवगठित कमिटीका अध्यक्ष कटवालका अनुसार मुख्य लक्ष्य पालिकाका सबै वडा कमिटीहरू सुदृढ गर्दै स्थानीय तह, प्रदेश, र संघीय चुनावमा नेकपा एमालेको जित सुनिश्चित गरिने योजना छ ।
अधिवेशनमा पार्टी केन्द्रिय सदस्य बिनादेवी राई, कोशी प्रदेश कमिटीका उपाध्यक्ष टीकाराम चेम्जोङ्ग,प्रदेश कमिटी सदस्य एबम प्रदेश सभा सदस्य निरन राई, प्रदेश कमिटी सदस्य यज्ञकुमारी रुचाल,साबित्रा राई,धनकुटा जिल्ला अध्यक्ष शिव आङ्ला लिम्बू, उपसचिव नैन बिश्वकर्मा, प्रदेश निर्वाचन क्षेत्र क सम्योजक खजिन्द्र राई, जिल्ला कमिटीका नेताहरुको उपस्थिति रहेको थियो ।
गाउँपालिकामा नेकपा एमालेका ८७९ जना संगठित सदस्य रहेका छन् भने अधिवेशनमा १५८ जना प्रतिनिधिले सहभागिता जनाएका थिए।




















