न्यूयोर्क, अमेरिका —अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा त्रिवेणी टाइम्सले आयोजना गरेको "शुभकामना तथा सम्मान कार्यक्रम" भव्य रूपमा सम्पन्न भएको छ। समाजलाई प्रेरित गर्ने असाधारण महिलाहरूलाई सम्मान गर्दै सशक्तीकरणको अभियानलाई प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम सम्पन्न गरिएको हो।

कार्यक्रममा न्यूयोर्ककी लङ आइल्याण्ड निवासी एलिजाबेथ ढकालसहित न्यूयोर्क सिटीका १० जना विशिष्ट महिलाहरूलाई विशेष सम्मान प्रदान गरिएको छ । उनीहरुलाई न्यूयोर्क राज्यको ३८ औं डिस्ट्रिक्टकी विधानसभा सभासद् जेनिफर राजकुमारको तर्फबाट विभिन्न १० देशका १० जना महिलाहरूलाई सम्मानपत्र गरेकी थिइन् ।

कार्यक्रममा त्रिवेणी टाइम्सका संस्थापक नवराज केसी र सह-संस्थापक खेम भट्टले महिलाहरूको शक्ति, धैर्यता, र उपलब्धिहरूलाई उच्च सम्मान गर्दै यस्ता कार्यक्रमहरू प्रत्येक वर्ष आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरे। उनीहरूले महिलाहरूको योगदानलाई व्यापक रूपमा उजागर गर्दै समाजमा उनीहरूको भूमिका अझ मजबुत बनाउन यस्ता पहल आवश्यक रहेको बताएका थिए ।

Untitled-3 1