• चन्द्रबहादुर बस्नेत 

विराटचोक—मोरङको सुन्दरहरैँचा स्थित सुकुना बहुमुखी क्याम्पसमा यही चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि मंगलबार उम्मेदवारी मनोनयन दर्ता सम्पन्न भएको छ। यस निर्वाचनमा चार वामपन्थी विद्यार्थी संगठनहरूले एकजुट भएर साझा गठबन्धन बनाएर प्रतिस्पर्धा गर्ने भएका छन्।

गठबन्धनमा नेकपा एमाले निकट अनेरास्ववियु, नेकपा एस निकट अनेरास्ववियू, नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी), र मोहन वैद्य किरण समूहको अखिल (क्रान्तिकारी) सहभागी छन्।

 संयुक्त गठबन्धनले एमाले निकट अनेरास्ववियुका एलिस ओझालाई अध्यक्ष, नेकपा एस निकट अनेरास्ववियूका रोहन खत्रीलाई सचिव र माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)का अनिष पौडेललाई कोषाध्यक्षको उम्मेदवार बनाएको छ ।

यस गठबन्धनले वामपन्थी एकताको सन्देश दिंदै क्याम्पसमा आफ्नो वर्चस्व कायम राख्ने उद्देश्य राखेको विद्यार्थी नेताहरुले बताएका छन् । यो गठबन्धनले वामपन्थी विचारधारालाई बलियो बनाउँदै क्याम्पसमा विद्यार्थीहरूका साझा मुद्दाहरूलाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेको नेकपा एस निकट अनेरास्ववियूबाट निर्वाचित निवर्तमान स्ववियु सभापति सन्तोष लिम्बूले बताए । 

प्रतिस्पर्धात्मक रूपमा, नेपाली कांग्रेस निकट नेविसंघले अध्यक्ष पदमा विजय ओझाको नेतृत्वमा प्यानल खडा गरेको छ भने मोहन वैद्य किरण समूहका बेबिन बुढाथोकीले पनि अध्यक्ष पदका लागि उम्मेदवारी दिएका छन्।

यी हुन् अन्य उम्मेदवारहरु 

10000578481000057851-768x11681000057849-768x11481000057850-768x1075