• चन्द्रबहादुर बस्नेत 

एलिश ओझा मोरङको चर्चित विद्यार्थी नेता हुन् । बुवा राजकुमार र आमा कविता शर्मा ओझाको सन्तानको रुपमा २०५८ सालमा मोरङको साविक इन्द्रपुर गाविस-६ मा उनको जन्म भएको थियो ।

सानै उमेरदेखि तिक्ष्ण स्वभाव र नेतृत्वदायी गुणका धनी एलिश ओझा मोरङको सुन्दरहरैँचास्थित सुकुना बहुमुखी क्याम्पसमा अध्ययनरत छन्। हाल उनी बिबिए आठौ सेमेस्टरमा पढ्दैछन्। उनको सरल जीवनशैली र परोपकारी प्रवृत्तिले उनी साथीभाइ तथा समाजमा लोकप्रिय छन्।

बाल्यकाल देखि सहयोगी मनका धनि उनले आफ्ना बुवा-आमाबाट प्राप्त टिफिन खर्च बचाएर साथीहरूलाई सहयोग गर्थे। शिक्षा र समाजप्रतिको लगावका कारण उनी विद्यार्थी राजनीतिसँगै सामाजिक संस्थाहरूमा पनि सक्रिय रहेका छन्।

ओझाले अनेरास्ववियु (नेकपा एमाले निकट विद्यार्थी संगठन) मा सक्रिय सदस्यका रूपमा आफ्नो राजनीतिक यात्रा सुरु गरेका हुन्।

अघिल्लो स्ववियु निर्वाचनमा अनेरास्ववियुका अधिकांश उम्मेदवार पराजित भए पनि एलिशले शानदार जित हासिल गर्दै सचिव पदमा विजयी भए। यसले संगठनको प्रतिष्ठा जोगाउने मात्र होइन, उनको नेतृत्व क्षमताको प्रमाण पनि बनेको थियो । हाल उनी अनेरास्ववियु मोरङका प्रखर नेता हुन्।

समाजमा योगदान पुर्‍याउने दृढ विश्वासका साथ ओझाले विद्यार्थी राजनीतिलाई आफ्ना व्यक्तिगत महत्वाकांक्षाभन्दा माथि राखेका छन्।

उनले क्याम्पसमा गुणस्तरीय शैक्षिक वातावरण निर्माण गर्ने, विद्यार्थीहरूको हक अधिकार सुनिश्चित गर्ने, र सामाजिक योगदान दिने योजनाहरू अघि सारेका छन्।

उनै ओझा यही चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि अध्यक्ष पदका उम्मेदवार बनेका छन् । अनेरास्ववियुले उनलाई अध्यक्ष पदका लागि उम्मेदवारी दिने निर्णय गरेपछि अन्य तीन वामपन्थी विद्यार्थी संगठनहरू (नेकपा एस निकट अनेरास्ववियु, माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी, र मोहन वैद्य किरण समूह) ले उनलाई गठबन्धनको साझा उम्मेदवार बनाएका छन् ।

एलिशका पिता राजकुमार ओझा पनि सोही सुकुना बहुमुखी क्याम्पसको संथापक उपसभापति हुदैँ तीन कार्यकाल सभापतिमा निर्वाचित भएका थिए । हाल नेकपा एमालेका प्रभावशाली नेता भए तापनि उनले बुबाको छायामा नबसी आफ्नो अलग पहिचान बनाएका छन्। धेरै नेताका छोराछोरी विदेश अध्ययनतर्फ आकर्षित हुने परिपाटीका विपरीत, उनले स्वदेशमै संघर्ष र योगदान गर्ने अठोट गरेका छन्।

ओझा एक त्यस्ता विद्यार्थी नेता हुन्, जसले आफ्नो नेतृत्व, लगनशीलता, र समाजसेवाको माध्यमबाट विद्यार्थी राजनीतिमा सकारात्मक परिवर्तन ल्याउन सक्षम भएका छन्। उनका विचार र योजनाहरूले आगामी दिनमा सुकुना क्याम्पस र वामपन्थी विद्यार्थी आन्दोलनलाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको नेकपा एस निकट अनेरास्ववियूबाट निर्वाचित निवर्तमान स्ववियु सभापति सन्तोष लिम्बूले बताए । 

यतिखेर एलिश ओझाको नेतृवमा रहेको वामपन्थी विद्यार्थी संगठनहरूको साझा गठबन्धनका उम्मेदवारहरुलाई बिजयी गराउन सुकुना बहुमुखी क्याम्पसका संस्थापक स्ववियु सभापति यज्ञ सुवेदी, पूर्वसभापतिहरु राजकुमार ओझा, गोपाल श्रेष्ठ, जेवी थुलुङ्ग, भुपाल बस्नेत, बद्री अर्याल निवर्तमान सभापति सन्तोष लिम्बू लगायत पूर्व पदाधिकारी तथा  प्रतिनिधिहरु एकजुट भएर लागि परेका छन्