काठमाडौँ—त्रिभुवन विश्वविद्यालय अन्तर्गत स्वतन्त्र विद्यार्थी युनियनका लागि निर्वाचन हुने आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसहरूमा हालसम्म ८२ स्थानमा सर्वसम्मत अध्यक्ष चुनिएका छन्।

हालसम्म प्राप्त आंकडा अनुसार नेकपा एमाले निकटको विद्यार्थी संगठन अनेरास्ववियु सर्वसम्मत चयन हुनेमा पहिलो स्थानमा छ। अनेरास्ववियुले ३२ वटा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) अध्यक्ष निर्विरोध भएको जनाएको छ।

नेपाली कांग्रेसको भ्रातृ संस्था नेविसंघबाट २८ क्याम्पसमा अध्यक्ष निर्विरोध भएको जनाएको छ। त्यस्तै प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) बाट २१ जना स्ववियु अध्यक्ष निर्विरोध भएको जनाएको छ।

एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूले मकवानपुरस्थित मनहरी बहुमुखी क्याम्पसमा निर्विरोध अध्यक्ष प्राप्त गरेको छ ।

अनेरास्ववियुबाट कोशीमा चार, बागमतीमा आठ, गण्डकीमा ३, लुम्बिनीमा ७, कर्णालीमा तीन र सुदूरपश्चिममा ७ क्याम्पसमा स्ववियु अध्यक्ष सर्वसम्मत चयन भएका छन्।

त्रिविबाट आंगिक ६२ सम्बन्धन प्राप्त १ हजार ४० क्याम्पसमा ५ चैतमा हुने गरी कल्याणकारी परिषद्ले निर्वाचन तालिका सार्वजनिक गरेको छ। सम्बन्धन प्राप्तमा कतिपय क्याम्पसमा भने स्ववियु निर्वाचन हुने गरेको छैन।

आगामी चैत ५ गते स्ववियु चुनाव तय भएको छ।

अनेरास्ववियुबाट निर्विरोध चयन भएका स्ववियु अध्यक्षहरूः

swabiyu-election-list

नेविसंघबाट स्ववियु अध्यक्ष सर्वसम्मत भएका क्याम्पसहरूः

१) पाथीभरा बहुमुखी क्याम्पस, ताप्लेजुङ

२) एकताप्पा बहुमुखी क्याम्पस, इलाम

३) गोकुण्डेश्वर क्याम्पस, धनकुटा

४) लम्पान्तर बहुमुखी क्याम्पस, सिन्धुली

५) चैतन्य क्याम्पस, काभ्रेपलाञ्चोक

६) मंगल जन विजय क्याम्पस, काभ्रेपलाञ्चोक

७) कानपुर क्याम्पस, काभ्रेपलाञ्चोक

८) इन्द्रेश्वर क्याम्पस, काभ्रेपलाञ्चोक

९) प्रकाश बहुमुखी क्याम्पस, काभ्रेपलाञ्चोक

१०) पार्वती बहुमुखी क्याम्पस, काभ्रेपलाञ्चोक

११) मालुङगा बहुमुखी क्याम्पस, स्याङ्जा

१२) चन्द्रकोट बहुमुखी क्याम्पस, गुल्मी

१३) मानका टीकाराम बहुमुखी क्याम्पस, गुल्मी

१४) रुरु संस्कृत विद्यापिठ, गुल्मी

१५) जनज्योत बहुमुखी क्याम्पस, गुल्मी

१६) सत्यवती बहुमुखी क्याम्पस, गुल्मी

१७) रेसुंगा बहुमुखी क्याम्पस, गुल्मी

१८) महेन्द्र बहुमुखी क्याम्पस, दाङ

१९) चुरे क्याम्पस, बर्दिया

२०) सदाशिव बहुमुखी क्याम्पस, बर्दिया

२१) कपुरकोट बहुमुखी क्याम्पस, सल्यान

२२) श्री चन्र्देव हिरा सरेन्द्र पूर्ण क्याम्पस, मुगु

२३) मनश्वरार भूमुखी स्यापुस, हुम्ला

२४) गुर्भाकोट बहुमुखी क्याम्पस, सुर्खेत

२५) त्रिपुरा सुन्दरी क्याम्पस, अछाम

२६) अपिनाम्पा क्याम्पस, दार्चुला

२७) राष्ट्रिय क्याम्पस, दार्चुला

२८) श्रीकृष्ण बेजनाथ बहुमुखी क्याम्पस, कञ्चनपुर

अखिल (क्रान्तिकारी) बाट निर्विरोध चयन भएकाहरु स्ववियु अध्यक्षहरु :

१. जुगल ब क्याम्पस, सिन्धुपाल्चोक – सुस्मिता श्रेष्ठ

२. सहयोगी बहुमुखी क्याम्पस, काठमाडौ –प्रदीप श्रेष्ठ

३. नेत्रावती बहुमुखी क्याम्पस धादिङ – अभिषेक थपलिया

४. शितल क्याम्पस चौरजहारी, रुकुम पश्चिम– प्रकाश डाङ्गी

५. शान्ति आदर्श बहुमुखी क्याम्पस चौघानपाटा बझाङ– बम धामी

६. सिंजा बहुमुखी क्याम्पस जुम्ला – सन्तोष आचार्य

७. राडीज्युला शिक्षा क्याम्पस, रुकुम पश्चिम – सुप्रिम ओली

८. गलुवा क्याम्पस, हुम्ला – रिमिलाल बुढा

९. शंकरापुर क्याम्पस, दार्चुला – जानकी टमटा

१०.श्रीकृष्ण क्याम्पस, काभ्रे – सविन श्रेष्ठ

११. सञ्जिवनी क्याम्पस, काभ्रे –दिपक रानामगर

१२. प्रभा बहुमुखी क्याम्पस , काभ्रे– सुजन चौलागाई

१३. आदर्श जनता क्याम्पस, सर्लाही – रेवेन्द्र दाहाल

१४. बनगाढ क्याम्पस, सल्यान – जिवन विष्ट

१५. भाषा क्याम्पस धनकुटा – सरोज थापा

१६. सिद्दीपृथ्वी जनता क्याम्पस , दाङ – सुदिप चौधरी

१७. सिम्रुतु क्याम्पस त्रिवेणी , रुकुम पश्चिम – दिपेन्द्र ओली

१८. सानीभेरी शिक्षा क्याम्पस, रुकुम पश्चिम – बीरभान भण्डारी

१९. लिकु संयुक्त क्याम्पस , डोल्पा – राजेन्द्र गिरी

२०. स्यार्पु बहुमुखी क्याम्पस, रुकुम पश्चिम – टेकराज विश्वकर्मा

२१. तिनपाटन बहुमुखी क्याम्पस, सिन्धुली– दुर्गाबहादुर मगर