काठमाडौं– एनआईसीय एसीया बैंकले एक जना सर्वसाधारण श्याम गौतमका नाममा रहेको चार आना १ पैसा ३ दाम मध्यको एक आनाबाहेकको सबै जग्गा धनीलाई थाहै नदिई नामसारी गरेको तथ्य खुलेको छ। 

यतिसम्मकी ओरियण्टल सहकारीले रोक्कामा राखेको जग्गा बैंकले गुन्डागर्दी शैलीमा कानुनको धज्जी उडाउँदै सेटिङका आधारमा केन्द्रीय कार्यालयको नाममा पारेको पीडितले जनाएका छन्। 

काठमाडौं धापासीमा रहेको जग्गाको ‘भूलबस’ मालपोतले कागज बनाएको भनी जग्गाधनीका नाममा अर्को पत्र दिएको छ तर बैंक भने मुद्दा मामिलामा पारी पीडितलाई अझ प्रताडित बनाउने खेलमा लागेको छ। 

पीडितले बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सशिन जोशीविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेका थिए। यो विषय अब सर्वोच्च अदालतसम्म पुगिसकेको छ। 

पाटन उच्च अदालतमा दिइएको निवेदन

adalat

गौतम बाहिर रहेका कारण यो जग्गाको वारिसनामा सोहिनीमाया श्रेष्ठलाई दिइएको थियो। अहिले श्रेष्ठले बैंकका कारण खेप्नुसम्मको पीर खेपिरहेकी छन्। एक रुपियाँ पनि हात नपरेको उक्त जग्गा सहकारीबाट ऋणमुक्त बनाउन जाँदा कागजपत्र खोज्ने क्रममा एनआईसी एसीयाको फटाहीँबारे जानकारी पाइएको थियो। 

बैंकले उक्त जग्गा रहेको क्षेत्रमा ठूलो क्षेत्रफलमा अन्य जग्गा खरिद गरी प्लटिङलगायतको कारोबार गरिरहेको छ। तर, सो जग्गा बिचमा पर्दा अप्ठेरो परेपछि गुन्डागर्दी शैलीमा किर्ते गरी जग्गा पास गरिएको तथ्य फेला परेको हो। 

मालपोत कार्यालय टोखाले भने भूलबस भएको गल्ती सच्याउँदै पत्र लेखेको थियो। जग्गाका विषयमा नापी विभागले पनि सोधपुछ गरेको थियो। 

मालपोत कार्यालय र नापीका पत्र यस्ता छन्

malpot 1

malpot 2

napi

पीडित बनाइएकी श्रेष्ठका भाई भन्छन्,‘यो तहको फटाहीँ गरी बैंकले दिनुसम्मको पीडा दिएको छ। दिदीको यसबाहेक कुनै सम्पत्ति छैन, भएको पनि बैंकले डाँका जसरी हडपेको छ।’