विराटनगर—नेकपा एमालेको जनसंगठन लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घको मोरङले जिल्ला अधिवेशन आयोजक कमिटी गठन गरेको छ । आइतबार महासङ्घको विराटनगरमा बसेको नवौं बैठकले रामकुमार राईको संयोजकमा ५१ सदस्यिय आयोजक कमिटी गठन गरेको हो ।
आयोजक कमिटीको सहसंयोजकमा वाल्मीकि चौधरी,सचिवमा सुरेन्द्र सेर्मा रहेका छन् । कमिटीमा जिल्ला कमिटीका सबै सदस्यहरु, पालिका कमिटी पदाधिकारीहरु रहेका छन् । अधिबेशन आयाेजक कमिटीमा आबश्यकताकाे आधारमा मनाेनित गरिने संयोजक रामकुमार राईले जानकारी दिए ।
जिल्ला कमिटी अध्यक्ष प्रभागकुमार माझी खवासको अध्यक्षतामा बसेको वैठकमा लोकतान्त्रिक आदिवासी जनजाति महासंघका केन्द्रीय सदस्य तथा नेकपा एमालेका कोशी प्रदेश कमिटीका सचिवालय सदस्य सत्यनारायण चौधरीको प्रमुख आतिथ्यता रहेको थियो भने केन्द्रीय सदस्यहरु सीता तामाङ, इन्द्र श्रेष्ठ महासंघ प्रदेश अध्यक्ष हरी थलङ, उपाध्यक्ष गजेन्द्र लिम्बु लगाएत प्रदेश कमिटीका नेताहरुको उपस्थिति रहेको थियो ।
अधिवेशन ६ महिना भित्रमा सम्पन्न गरिने सचिव सुरेन्द्र सेर्माले बताए ।




















