काठमाडौं—अमृत साईन्स क्याम्पसको स्ववियु अध्यक्षमा नेकपा एमाले निकट अनेरास्ववियुका रूद्रहरी पोखरेल निर्वाचित भएका छन् ।


आज सम्पन्न स्ववियु निर्वाचनको मत परिणाम अनुसार पोखरेलसहित अनेरास्ववियुको पुरै प्यानल नै निर्वाचित भएको हो । पोखरेलले ६५९ मत ल्याउदा उनमा प्रतिस्पर्धि विश्राम शर्मा पौडेलले ३६३ मत प्राप्त गरे ।
सचिवमा गोपाल बहादुर शाही र कोषाध्यक्षमा विवेक कोइराला विजयी भएका हुन् ।
चैत ५ गतेका लागि तोकिएको निर्वाचन अन्तिम समयमा आएर स्थगित भएको थियो ।अखिल क्रान्तिकारीले चैत ४ गते राति होस्टेलमा फर्जि विद्यार्थी बसिरहेको आरोप लगाउदै तालाबन्दी गरेपछि निर्वाचन स्थगित भएको थियो । तत्काल स्ववियु निर्वाचन गराउनुपर्ने माग राख्दै अनेरास्ववियुले अदालतमा मुद्दा दायर गरेको थियो ।
अदालतले निर्वाचनका बाँकी प्रकृया तत्काल अघि बढाउन आदेश जारी गरेपछि बसेको सर्वपक्षीय बैठकले आजका लागि निर्वाचनको मिति तय गरेको थियो ।