विराटनगर—उदयपुरको चौदण्डीगढी नगरपालिका–६ मा बुधबार कार दुर्घटना हुँदा चार जना घाइते भएका छन् । प्रहरीका अनुसार मोरङको केराबारीबाट काठमाडौं जाँदै गरेको बीएबी ५४९२ नम्बरको कार अनियन्त्रित भई दुर्घटना भएको हो ।

दुर्घटनामा कार चालक मोरङको केराबारी गाउँपालिका–८ का ४७ वर्षीय विनोद भट्टराई, उनका छोरा ११ वर्षीय सम्पन भट्टराई, श्रीमती ४२ वर्षीया रीता भट्टराई र कारमा सवार ललितपुर उपमहानगरपालिका–४ जावलाखेलका ४८ वर्षीय त्रिपुरा सत्याल घाइते भएका हुन् ।

घाइतेहरुको बेल्टारस्थित नगर अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बेल्टारका प्रहरी नायब निरीक्षक प्रमोद साहले जानकारी दिए । जानकारी अनुसार  घाइतेहरुको अवस्था सामान्य रहेको छ ।

कार चालक भट्टराई नेकपा एमालेको जन संगठन रिटर्नी फेडेरेसनको केन्द्रिय अध्यक्ष हुन् । उनि गत चैत २५ गते छोराको ब्रतवन्ध कार्यक्रम सकेर काठमाडौं जाँदै गरेका थिए ।