ताप्लेजुङ— नेकपा एमालेका सचिव तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराईमाथि भएको दुर्व्यवहारप्रति एमाले ताप्लेजुङले आपत्ति जनाएको छ। पार्टीले गालीगलौज र अराजक गतिविधिको कडा भर्त्सना गर्दै दोषीहरूलाई कानुनी दायरामा ल्याउन माग गरेको छ।

ताप्लेजुङ जिल्ला कमिटीका कार्यवाहक अध्यक्ष दीपेन्द्र पोमुले हस्ताक्षर गरेको विज्ञप्तिमा घटनाको निन्दा गर्दै यस्तो कार्यमा संलग्नलाई कानुनी कारबाही गर्न माग गरिएको छ।

राष्ट्रिय युवा संघ ताप्लेजुङले भने सरकार र प्रहरी प्रशासनको निष्क्रियता प्रति असन्तुष्टि व्यक्त गर्दै बाध्य भए युवा संघले आफैं कारबाही गर्ने चेतावनी दिएको छ। संयोजक मनिक तुम्बाहाम्फे र सहसंयोजक डेभिड लिम्बूले हस्ताक्षर गरेको विज्ञप्तिमा लोकतन्त्रमा सबै नागरिकलाई स्वतन्त्र अभिव्यक्ति दिने अधिकार भएको तर केही अराजक र विकासविरोधी तत्वले दुर्व्यवहार गरेको उल्लेख छ।