काठमाडौं— सुचना तथा सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरुङले दुई दिन भित्र सरकार र शिक्षक महासंघबीच सहमति हुने विश्वास व्यक्त गरेका छन ।


आज बसेको मन्त्रिपरिषदको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री गुरुङले शिक्षामन्त्री र शिक्षक महासंघबीच वार्ता अघि बढिरहेको जानकारी दिए । उनले सहमति भोली वा पर्सीसम्ममा हुने सम्भावना रहेको बताए ।
मन्त्री गुरुङका अनुसार शिक्षक आन्दोलनसम्बन्धी प्रस्ताव आजको मन्त्रिपरिषद बैठकमा प्रवेश गराइएको थिएन। उनले प्रस्ताव मन्त्रिपरिषदमा लैजानका लागि केही प्रक्रियागत कामहरू बाँकी रहेको स्पष्ट परे।