काठमाडौं — शिक्षकहरूको माग पूरा गर्दा सरकारलाई थप ८ अर्ब रुपैयाँको आर्थिक भार पर्ने भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले शिक्षक महासंघसँग भएको वार्तापछि उक्त जानकारी दिएका हुन् ।
मन्त्री पन्तका अनुसार यो रकम शिक्षकहरूको सेवा सुविधा सुधारमा खर्च हुनेछ। सरकार र शिक्षक महासंघबीच सहमति भएपछि मन्त्रिपरिषद्ले त्यसलाई पारित गरेको छ।
सहमति अनुसार अब शिक्षक तथा कर्मचारीहरूले स्वास्थ्य उपचारमा विशेष छुट पाउनेछन्। निजामती अस्पतालमार्फत उनीहरूले उपचार खर्चमा सुविधा पाउने व्यवस्था गरिएको छ।


















