काठमाडौं—इन्डियन आइडल सिजन १२ का विजेता गायक पवनदीप राजन आज विहान अहमदाबादमा गम्भीर कार दुर्घटनामा परेका छन्। मे ५ का दिन बिहान करिब ९ बजे भएको यो दुर्घटनामा पवनदीप गम्भीर रूपमा घाइते भएका छन्।

डाक्टरहरूको टोलीले उनको उपचार गरिरहेको छ। सामाजिक सञ्जालमा भाइरल भएको एक भिडियोमा पवनदीपको बाँया खुट्टा र दाहिने हातमा चोट लागेको देख्न सकिन्छ। घटनापछि उनका फ्यानहरू सामाजिक सञ्जालमा स्वास्थ्य लाभको कामना गरिरहेका छन्।

दुर्घटनाको कारण अझै स्पष्ट नभएको र यसबारे अनुसन्धान भइरहेको अधिकारीहरूले जनाएका छन्।

वनदीप, जो आफ्नो सुमधुर स्वर र अद्वितीय प्रस्तुतिका लागि प्रख्यात छन्, यस्तो घटनामा परेको खबरले उनका प्रशंसकहरूलाई निकै चिन्तित बनाएको छ। उनका शुभचिन्तकहरूले उनको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सामाजिक सञ्जालमा धेरै पोस्ट गरिरहेका छन्।