काठमाडौं—काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले प्रदान गरेका संयोजक जिम्मेवारी तीन जना वडा अध्यक्षहरूले अस्वीकार गरेका छन्।
कार्यपालिका सदस्यसमेत रहेका ती वडा अध्यक्षहरूले संयुक्त रूपमा एउटा पत्र लेख्दै आफूलाई दिइएको ‘समितिको संयोजक’ पद स्वीकार नगर्ने जानकारी दिएका हुन्।
पछिल्लो समय महानगरका मेयर बालेन्द्र साहसँग टसलमा रहेका वडा अध्यक्षहरू दल बहादुर कार्की, वीरेन्द्र प्रजापति र विनोद राजभण्डारीले सो जिम्मेवारी अस्वीकार गरेका हुन्।
तीनै वडा अध्यक्षलाई २०७४ सालको कार्यसम्पादन नियमावलीको नियम १५ (१) अनुसार तीन वटा विषयगत समितिका संयोजकको जिम्मेवारी पत्रमार्फत प्रदान गरिएको थियो।


















