काठमाडौँ — नेपाल प्रहरीका ११ एसएसपी डीआईजीमा सिफारिस भएका छन् ।
मंगलबार बसेको बढुवा सिफारिस समितिले एसएसपीहरु सुदर्शन कोइराला, ओम राना, दीपक रेग्मी, माधवप्रसाद श्रेष्ठ, दीपेन्द्र जिसी, दिलिपसिंह देउवा, बिनोद घिमिरे, दीपक बस्नेत, जयराज सापकोटा, सुरेन्द्र गुरुङ, सञ्जीव शर्मा दास डीआईजीमा सिफारिस भएका हुन् ।
बढुवा सिफारिस भएका सबै राष्ट्रिय अनुसन्धान विभागबाट स्थानान्तरण भई प्रहरीमा आएका हुन् ।




















