काठमाडौ– अभिनेत्री करिश्मा मानन्धरलाई मानार्थ ‘मिसेस नेपाल इन्टरनेशनल’ उपाधिबाट सम्मानित भएकी छन् । शनिबार रिवन इन्टरटेनमेन्ट प्रालिले विवाहित महिलाका बीच आयोजना गर्दै आएको सौन्दर्य प्रतियोगिता ‘सन्तुर मिसेस नेपाल इन्टरनेसनल २०१९’मा अभिनेत्री मानन्धरालाई आजीवन मानार्थ मिसेस नेपाल इन्टरनेशनल उपाधिद्वारा सम्मानित गरिएको हो ।
शनिवार अबेर राती राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न प्रतियोगितामा भाविषा फेशन आइकन पनि भएकी छिन् । उनले लेडी विथ कम्प्यासनको उपाधिलाई पनि आप्mनो पोल्टामा पारिन् । भाविषालाई स्कुटर पुरस्कार प्रदान गरिएको कार्यक्रममा भाविषा र रंगिनाले विजेता बन्दै सिंगापुरमा हुने मिसेस इन्टरनेशनलमा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गरेका छन् ।
सोही अवासरमा मिसेस नेपाल इन्टरनेशनल पाँच बर्ष पुगेको उपलक्ष्यमा पत्रकार विदुर गिरी, शिक्षाविद् पूर्ण लामा, गायक सिताराम पोखरेल र मिस नेपालका आयोजक गोपाल सुन्दरलाल कक्षपति ‘रिवन अनर अवार्ड’ बाट सम्मानित भए ।
विभिन्न पेशामा आवद्ध ३० विवाहित महिलाका बीच सम्पन्न प्रतियोगितामा पूर्वप्रधानसेनापति रुकमाङ्गद कट्वाल प्रमूख निर्णायक तथा मिस नेपालका आयोजक गोपाल सुन्दर लाल कक्षपति, अभिनेता राजेश हमाल, मिसेस नेपाल इन्टरनेसनल २०१५ सविता लामिछाने, मिस नेपाल २०१५ इभाना मानन्धर र गायक डा.आभास लाभ निर्णायक रहेको प्रतियोगितामा रोजिना भट्टराई फस्र्ट रनर्स अप, स्नेहा राउत थापा सेकेन्ड रनर्सअप र बेस्ट पर्सनालिटी, शबनम खरेल थर्ड रनर्सअप र बेस्ट ¥याम्प वाक, शिल्पी गुप्ता फोर्थ रनर्सअप र मेनेजमेन्ट च्वाईस, कुश्मा देवी खाँड़ मल्ल मष्ट पपुलर र मस्ट फ्रेण्डली तथा आश्मा तामाङ पब्लिक च्वाईस र मस्ट गर्जियस भएका छन् ।
अश्विनी झाको कोरियोग्राफी र कार्यक्रम सञ्चालनमा सम्पन्न प्रतियोगितमा बिभिन्न दशर्ज उप शिर्षकमा समेत बिजेता छानिएको थियो ।




















