पोखरा—राष्ट्रिय युवा संघ नेपालको उपाध्यक्षमा माहाराज गुरुङ निर्वाचित भएका छन् । कुल १४ सय ४ मत खसेकोमा ८ सय ८५ मत प्राप्त गरी गुरुङ उपाध्यक्षमा निर्वाचित भएका हुन् ।
यसअघि पनि उपाध्यक्षमै रहेका गुरुङ अन्तिम समयमा आफ्नो टीमबाट क्षितिज थेवेका लागि अध्यक्ष पद छाडेर उपाध्यक्षमै उम्मेदवार बनेका थिए । निर्वाचनमा माहाराजले प्राप्त गरेको मत सवैभन्दा बढी हो ।
दोलखाको गौरीशंकर गाउँपालिका-७ निवासी गुरुङ युवा संघको जिल्ला अध्यक्ष हुँदै केन्द्रीय कमिटी सदस्य, प्रचार बिभाग प्रमुख, उपमहासचिवको यात्रा पूरा गर्दै उपाध्यक्षमा पुगेका थिए । अघिल्लो पटक निर्बिरोध निर्वाचित गुरुङले यसपटक म्यान अफ दि इलेक्सन बनेर इतिहास रचेका हुन ।
राष्ट्रिय युवा संघको दसौँ महाधिवेशनबाट क्षितिज थेबेको प्यानलै विजयी भएको छ ।




















