पोखरा— नेकपा एमालेका नेता महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)पार्टी नै ठगको संरक्षक भएको गम्भीर आरोप लगाएका छन्। राष्ट्रिय युवा संघका नवनिर्वाचित अध्यक्ष तथा पदाधिकारीद्वारा आयोजित पत्रकार सम्मेलनमा बस्नेतले सहकारी ठग मात्र नभई पार्टी नै ठगको संरक्षक भएको आरोप लगाएका हुन् ।

बस्नेतले दाबी गर्दै भने, "रवि लामिछाने सहकारीको ठगमात्रै होइन, पार्टी नै ठगको संरक्षक हो।" उनले रास्वपालाई अन्तर्राष्ट्रिय शक्तिको प्रभावमा सञ्चालन हुने पार्टीको रूपमा चित्रण गरे।

बस्नेतले थप भने, "मोहन थापा अमेरिकामा बसेर सबै सेटिङ गर्छन्। मुकुल ढकालले पनि यो कुरा भनेका छन्। मोहन थापालाई गिरफ्तार गरिएको छ, तर उनलाई निर्दोष भनिएको छ। यस्तै ठगहरूको संरक्षण गर्न रास्वपाको जन्म भएको हो।"

पूर्वमन्त्री समेत रहेका  बस्नेतले एमालेले ठगीसम्बन्धी मुद्दाहरूमा सम्बद्ध नेतालाई न्यायिक प्रक्रियामा ल्याउनुपर्ने आवश्यकता औंल्याए। तर, उनले यस विषयमा बोल्न एमालेले अहिलेसम्म चासो नदेखाएको बताए।