विराटचोक —नेकपा एमाले सुन्दरहरैँचा नगर कमिटीको पहिलो बैठक सम्पन्न भएको छ। गत चैत २८ गते सम्पन्न दोस्रो नगर अधिवेशनबाट निर्वाचित नगर कमिटीको बैठक शनिबार नगर पार्टी कार्यालयमा सम्पन्न भएको हो ।

पार्टी केन्द्रीय सदस्य रामलाल शाहको प्रमुख आतिथ्यतामा बसेको बैठकमा  सांगठनिक सुदृढीकरण, सदस्यता वृद्धि, र आगामी योजना लगायतका विषयमा छलफल गरिएको थियो । सुन्दरहरैँचामा १ सय ६३ सदस्यिय नगर कमिटी रहेको छ । बैठकमा सुन्दरहरैँचा नगरपालिकाका १२ वटै वडा शाखा कमिटीहरूले सांगठनिक गतिविधिको रिपोर्ट प्रस्तुत गरेका थिए ।

Untitled-3 39बैठकमा नगर अध्यक्ष डिल्लीप्रसाद ढकालले दोस्रो नगर अधिवेशन सम्पन्न पछिका आय–व्यय विवरण सार्वजनिक गर्दै सांगठनिक समीक्षा गरे। उनले संगठनका आगामी योजनाहरू प्रस्तुत गर्दै पार्टी सदस्य संख्या २५४५ पुगेको जानकारी दिए। 

संगठनलाई थप व्यवस्थित गर्न बैठकले तीनवटा विभागको प्रमुखहरु तोकेको छ । संगठन विभागको नगर सचिव दावा लामा, आर्थिक विभागको नगर उपसचिव राजेन्द्र धमला र जन संगठन विभागको उपसचिव खगेन्द्र लिम्बूलाई जिम्मेवारी दिइएको नगर कमिटी सदस्य शारदा विकले जानकारी दीइन ।

बैठकले सदस्यता नवीकरण र नयाँ सदस्य थप्ने काममा उत्कृष्ट प्रदर्शन गर्ने वडा कमिटीहरूलाई सम्मान गरेको छ । १ नम्बर वडाले सबैभन्दा धेरै सदस्यता नवीकरण गरेको र १२ नम्बर वडाले सबैभन्दा धेरै नयाँ सदस्य थपेको उल्लेख गर्दै सम्मानित गरिएको थियो ।

त्यसैगरी राष्ट्रिय युवा संघ नेपालको १०औं अधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित सुन्दरहरैँचा–४ का सुवास न्यौपानेलाई बधाई ज्ञापन गरिएको थियो ।

Untitled-3 (4) 1बैठकले शुक्रबार बेलुका निधन भएकी कोशी प्रदेश सचिवालय सदस्य तथा प्रदेशसभा सदस्य ज्ञानेन्द्र सुवेदीकी माता टिकादेवी सुवेदीको निधनप्रति शोक प्रस्ताव पारित गरेको थियो ।

तेह्रथुममा मोटरसाइकल दुर्घटनामा परि घाइते भएका नगर कमिटी सदस्य अमृतप्रसाद ढकाल र उनकी पत्नी प्रमिला ढकालको शीघ्र स्वास्थ्य लाभको कामना गरियो थियो।

बैठकमा प्रमुख अतिथि रामलाल शाहले पार्टीको सांगठनिक सुदृढीकरणका लागि यस्ता बैठकहरूले महत्त्वपूर्ण भूमिका खेल्ने बताए। उनले पार्टी सदस्यहरूलाई एकताबद्ध भएर अघि बढ्न आग्रह गरे। पार्टी मोरङ जिल्ला कमिटी अध्यक्ष अजम्बर राई, उपसचिव सन्तोष वान्तवाले मन्तव्य राखेका थिए ।

बैठकमा पार्टी कोशी प्रदेश सदस्यहरू प्रदीप नेपाल, उमेश उप्रेती, अञ्जु सिग्देल, प्रदेश सल्हाकारहरु देवेन्द्र मास्के, ज्ञानेन्द्र ओझा, र वीरेन्द्र श्रेष्ठ, जिल्ला कमिटी सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।

बैठकको अध्यक्षता नगर कमिटी अध्यक्ष डिल्लीप्रसाद ढकालले गरेका थिए। उपाध्यक्ष दुर्गा भट्टराईले स्वागत मन्तव्य व्यक्त गरिन् भने सचिव दावा लामाले बैठक सञ्चालन गरेका थिए ।

Untitled-3 (6) 3Untitled-3 (7)Untitled-3 (4) 2Untitled-3 (8)