विराटचोक—मोरङको सुन्दरहरैंचा नगरपालिका८ स्थित सलकपुर खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको नयाँ नेतृत्व चयनका लागि प्रगतिशील समूहले रामप्रसाद लुइँटेलको नेतृत्वमा पूर्ण प्यानलसहित उम्मेदवारी घोषणा गरेको छ।
समूहले सोमबार एक कार्यक्रमको आयोजना गरी १३ बुँदे कार्ययोजना सार्वजनिक गर्दै रामप्रसाद लुइँटेलको नेतृत्वमा पूर्ण प्यानलसहित उम्मेदवारी घोषणा गरेको हो ।
प्रगतिशील समूहको उपाध्यक्षमा दोर्ण शिवा, सचिवमा घनिन्द्र न्यौपाने, सहसचिवमा ज्ञानबहादुर सुवेदी र कोषाध्यक्षमा गंगाबहादुर अधिकारी रहेका छन् ।
त्यसैगरी सदस्यहरुमा लीलाप्रसाद दाहाल, पुष्पराज काफ्ले, बद्री ढकाल, सुनिता घिमिरे, भानुदेवी पाण्डे र दुर्गाप्रसाद चौलागाईं रहेका छन् ।
तीन सदस्यीय रहेको लेखा समितिको संयोजकमा कमलप्रसाद गुरागाईं,सदस्यहरुमा विष्णु प्रसाईं र लक्ष्मीप्रसाद अधिकारी उम्मेदवार बनेका छन् ।
“शुद्ध पानी, सुरक्षित भविष्य र उत्तरदायी नेतृत्व” भन्ने मूल नारासहित प्रगतिशील समूहको उम्मेदवार घोषणा गरिएको नेकपा एमाले सुन्दरहरैँ नगर कमिटी अध्यक्ष डिल्लीप्रसाद ढकालले बताए ।
पारदर्शिता, सेवा सुधार र जनउत्तरदायी नेतृत्वलाई प्राथमिकतामा राख्दै समूहका उम्मेदवारहरुले उपभोक्ताहरुको घर दैलोमा पुगेर मत माग्न सुरु गरेका छन् ।
निर्वाचन यहि जेठ २४ हुदैँ छ। हाल सलकपुर खानेपानी योजनाबाट २ हजार ५ सय ४८ घरधुरीले सेवा लिइरहेका छन्।
१८ हजार रुपैयाँ धरौटी र महँगो महसुल लिदै आएको उपभोक्ताहरुको गुनासा र समस्यालाई सम्बोधन गर्दै लुइँटेल समूहले “पानी सबैको पहुँचमा पुगोस्” भन्ने संकल्प व्यक्त गरेको छ। समूहले अबको आवश्यकता ‘सफा पानी मात्र होइन, सफा समिति पनि हो’ भन्ने संदेशसहित उत्तरदायी र पारदर्शी नेतृत्वका लागि आफूहरू तयार रहेको स्पष्ट पारेको छ।



















