विराटचोक—माेरङको सुन्दरहरैँचा–९ स्थित बालसदन एकेडेमीले आफ्नी विद्यार्थी रेवा काफ्लेलाई सम्मान गरेको छ। राष्ट्रपति रनिङ शिल्ड अन्तर्गत तेक्वान्दोको पुम्से विधामा कास्य पदक जितेकी उनलाई सम्मान गरेको हो ।

विद्यालयले आइतबार विशेष कार्यक्रमको आयोजना गरी उनलाई नगद पाँचहजार पुरस्कारसहित सम्मान गरेको विद्यालयका प्रिन्सिपल निरज ढकालले जानकारी दिए ।

 प्रिन्सिपल ढकालले रेवाले राष्ट्रिय स्तरमा विद्यालय र कोशी प्रदेशको नाम चम्काउँदै खेल क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको बताए। उनले रेवालाई यो सफलता आगामी दिनमा अझ ठूलो उपलब्धि हासिल गर्न प्रेरणा बन्ने विश्वास व्यक्त गरे।

त्यसैगरी बालसदनका प्रबन्ध निर्देशक सूर्य दंगालले रेवाको यो सफलता विद्यालयको मात्रै नभई कोशी प्रदेशकै गौरव भएको उल्लेख गरे। उनका अनुसार रेवाले नगर, जिल्ला, र प्रदेशस्तरका प्रतियोगितामा स्वर्ण पदक जित्दै १५औं राष्ट्रपति रनिङ शिल्डको लागि कोशी प्रदेशको प्रतिनिधित्व गरेकी थिइन्।


Untitled-3 (1)