काठमाडौं – आजको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले साँसदहरुले सोधेका प्रश्नको जवाफ दिने भएका छन्  ।

बैठक बिहान ११ बजेका लागि बोलाइएको संसद सचिवालयले जनाएको छ ।

आजको बैठकमा विनियोजन विधेयक, २०८२ को विभिन्न शीर्षकमाथि छलफल हुनेछ ।

बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, युवा तथा खेलकुद, भौतिक पूर्वाधार तथा यातायात, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, उद्योग वाणिज्य तथा आपूर्ति र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको विनियोजनमाथि छलफल हुने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।