विर्तामोड—सार्वजनिक यातायातमा एक कन्चो लगानी नगरेको सरकारले बहुराष्ट्रिय कम्पनी र बिचौलियाहरुको प्रभावमा परेर निजी लगानीले धानेको सार्वजनिक यातायात क्षेत्रलाई ध्वस्त बनाएको यातायात मजदुर नेता भीमज्वाला राईले बताउनुभएको छ । 

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन झापा जिल्लाको प्रथम अधिवेशनको शनिबार उद्घाटन गर्नुहुँदै सार्वजनिक यातायात सेवालाई व्यवस्थित गर्ने नीति, ऐन र नियमावलीहरु निर्माण गर्दा सरकार बहुराष्ट्रिय कम्पनीहरु, विदेशी दातृ कन्सल्ट्यान्ट र विचौलियाहरुको प्रभावमा परेर निर्माण गर्नेगरेको राईले बताउनुभयो ।  

Untitled-2 (5) 2करिव १० खर्ब निजी लगानीको संरक्षण, ११ लाख यातायात श्रमिकहरुको सामाजिक सुरक्षा सहितको सुरक्षा र जनताको भरपर्दो र गुनस्तरिय सेवामा केन्द्रीत कानुन र त्यस अनुरुप संरचना जरुरी रहेपनि सरकार निश्चित वर्गको स्वार्थपूर्तीमा केन्द्रीत हुँदा सार्वजनिक यातायात ध्वस्त भएको राईको कथन थियो । 

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको केन्द्रीय अध्यक्ष समेत रहनुभएका राईले जारी गर्ने प्रकृयामा रहेको सवारी तथा यातायात व्यवस्था ऐन २०८१, राष्ट्रिय यातायात नीति २०८१, सडक सुरक्षा विधेयक २०८१, राइड सेयरिङ नियमावलीहरु सबै कुनै न कुनै स्वार्थसंग जोडिएर बन्दै गरेको बताउनुभयो ।  वहाँले भन्नुभयो कानुन सम्पूर्ण कानुनहरुमा मजदुर र व्यवसायीका माग र मुद्धा समेटर संशोधनमा सुझाव दिन जेठ २० गते सरकारले गठन गरेको कार्यदलमा मजदुर र व्यवसायीहरुको प्रतिनिधिको तर्फबाट सुझावहरु तयार गरिसकिएको भएपनि छलफलका लागि सरकारले बैठक राख्न नसकेको गुनासो गर्नुभयो ।

कार्यक्रममा जिफन्ट राष्ट्रिय कमिटी सदस्य सन्तकुमार राई, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका पूर्व केन्द्रीय अध्यक्ष राजीव घिमिरे, प्रतिनिधिसभाका पूर्व सदस्य तथा संगठनका पूर्व केन्द्रीय सचिव विमला बिश्वकर्मा, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उपाध्यक्ष राजेन्द्र रिजाल, संगठनका महासचिव केशव थापा, उपमहासचिव देवी प्रसाद भट्टराई, संगठन कोशी प्रदेश अध्यक्ष गौरी लामा लगायतले धराणा प्रस्तुत गर्नुभएको थियो । 

Untitled-2 (6) 2संगठनमा योगदान गर्नेहरुलाई सम्मान 

कार्यक्रममा संगठन स्थापना पछि २०४७ सालदेखि यता मेची अञ्चलको पाँचजना अध्यक्षहरुलाई सम्मान गरिएको थियो । पहिलो अध्यक्ष टेकबहादुर, गंगा भण्डारी, विष्णु सिटौला, शंकर, हस्तराज राई, र सन्तोष बान्तवालाई दोसल्ला तथा सम्मानपत्र सहित सम्मान गरिएको थियो । 

515711309_3970508013094510_5915230555708275046_nसर्वसम्मत नयाँ नेतृत्व चयन

अधिवेशनले छत्रबहादुर रायमाझी (केदार) को अध्यक्षतामा १७ सदस्यीय नयाँ नेतृत्व सर्वसम्मत चयन गरेको छ । कमिटीको उपाध्यक्षमा दुर्गा खड्का, सचिवमा धनबहादुर गिरी, सहसचिवमा टेकनाथ खतिवडा र कोषाध्यक्षमा सुदर्शन थापा रहनु भएको छ । 

सदस्यहरुमा राजकुमार सुवेदी, जयप्रकाश उराँव, करण पोखरेल, मदन खड्का, डिल्लीराम अधिकारी, यामनाथ भण्डारी, विक्रम खनाल, बनोज बस्नेत रहनुभएको छ । 

त्यस्तै अन्य सदस्यहरुमा नरेन्द्र राजवंशी, कमला श्रेष्ठ, लोकनाथ निरौला र याम तिम्सिना रहनु भएको छ ।


15472f7e-90ff-4906-a639-ea649ba00e53

516465005_3970392129772765_8335431312586254980_n515733564_722854253857222_8210492205518064999_n