विराटनगर—नेपाल प्रहरीको आपत्कालीन सेवा नम्बर १०० आज काठमाडौं जिल्लामा ४ घण्टाका अवरुद्ध हुने भएको छ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले बुधवार एक सूचना जारी गर्दै बिहान ११ बजेदेखि दिउँसो ३ बजे सम्म १०० नम्बरमार्फत प्रदान गरिँदै आएको आपत्कालीन सेवा अवरुद्ध हुने जानकारी दिएको हो ।
भद्रकालीमा रहेको नव-निर्मित प्रहरी परिचालन कक्षको मर्मत सम्भारको काम गर्नुपर्ने भएकाले उक्त सेवा अवरुद्ध हुने कार्यालयले जनाएको छ ।
सेवा अवरुद्ध हुने अवधिमा कुनै पनि आकस्मिक घटना, सूचना वा सहयोगका लागि प्रहरीले वैकल्पिक सम्पर्क नम्बरहरू उपलब्ध गराएको छ।




















