काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओलीले यो आर्थिक वर्षमा विद्युत व्यापारबाट नेपालले साढे चार अर्ब रुपैयाँ नाफा गरेको दाबी गरेका छन्।
बिहीबार सामाजिक सञ्जालमार्फत ओलीले आयातभन्दा साढे चार अर्ब रुपैयाँ बढीको बिजुली विदेश निर्यात गर्न सफल भएको बताएका छन्। ‘हामीले यस वर्ष साढे चार अर्ब फाइदा गर्ने सफलता पाएका छौँ,’ उनले भने, ‘विद्युत आयात परिमाण घटाउँदै लगेका छौँ।’
उनका अनुसार, विगतमा लोडसेडिङ हटे पनि उद्योग क्षेत्रमा कटौती हुने गरेकोमा अब उद्योगमा पनि विद्युत आपूर्ति बढाइएको छ।




















