नयाँ दिल्ली — बलिउड अभिनेत्री शिल्पा शेट्टी र उनका पति राज कुंद्रा फेरि कानूनी समस्यामा परेका छन्। उनीहरूमाथि मुंबईका एक व्यवसायीसँग ६० करोड भारतीय रुपैयाँको धोखाधड़ीको आरोप लगाइएको छ।

दीपक कोठारी, जो लोटस क्यापिटल फाइनान्सियल सर्भिसका निर्देशक हुन्, उनले जुहू प्रहरी कार्यालयमा मुद्दा दर्ता गराएका छन्। १० करोड भन्दा बढीको धोखाधड़ी भएकाले इकोनोमिक अफेन्स विंगले यो केस सम्हालेको छ।

अभियोगअनुसार शिल्पा र राज बेस्ट डिल टिभी प्राइभेट लिमिटेडका निर्देशक थिए। उनीहरूले ७५ करोड रुपैयाँ ऋण लिएका थिए, जसमा १२ प्रतिशत ब्याज थियो। ब्याज तिर्नुबाट बच्न दम्पतीले यसलाई ऋणको सट्टा कम्पनीमा लगानीको रूपमा देखाएका थिए। उनीहरूले मासिक रूपमा रकम फिर्ता गर्ने वाचा गरेका थिए, तर त्यसको पालना भएन।

एफआईआरमा भनिएको छ कि शिल्पा शेट्टीले यो लेनदेनमा गवाही दिएकी थिइन्, तर २०१६ सेप्टेम्बरमा कम्पनीको निर्देशक पदबाट राजीनामा की थिइन्। पछि दीपक कोठारीले शिल्पा–राजका पहिला गरेका कर्तुतहरूको जानकारी पाएका थिए।