गुल्मी— गुल्मीको राक्सेमा ठूलो पहिरो खसेपछि कालीगण्डकी करिडोर पूर्ण रूपमा अवरुद्ध भएको छ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी गङ्गाबहादुर सारुका अनुसार, पहिरो पन्छाउन पुर्तिघाटस्थित प्रहरी चौकीबाट प्रहरी टोली परिचालन गरिएको छ। डोजरलगायत उपकरण प्रयोग गरेर बाटो खोल्ने प्रयास भइरहेको भए पनि कहिले सञ्चालनमा आउने भन्ने निश्चित छैन।
सडक अवरुद्ध भएपछि पर्वत, बागलुङ, रिडी हुँदै पाल्पा र बुटवल जाने सवारीसाधन बाटोमै रोकिएका छन्।




















