नयाँ दिल्ली — बलिउड अभिनेता डा. गोविन्दा र उनकी पत्नी सुनिता आहुजाबीच ३८ वर्ष लामो वैवाहिक सम्बन्ध संकटमा परेको छ। सुनिताले व्यभिचार, क्रूरता र परित्यागको आधारमा मुम्बईको बान्द्रा फेमिली कोर्टमा सम्बन्धविच्छेदको निवेदन दिएकी छन्।
अदालतले गत मे २५ मा गोविन्दालाई समन पठाएको थियो। तर, उनी कुनै पनि कार्यवाहीमा उपस्थित नभएपछि कारण देखाऊ नोटिस जारी गरिएको हो। सुनिता गत जुनदेखि मुद्दाको सुनुवाइमा सहभागी हुँदै आएकी छन्।
कानुनविद्हरूका अनुसार सम्बन्धविच्छेदको अवस्थामा पत्नीलाई पतिको आम्दानी र सम्पत्तिको २५ प्रतिशतसम्म स्थायी भरणपोषण तोकिन सक्छ। करिब १५०–१७० करोड भारु नेटवर्थ रहेको गोविन्दाले ३५–४० करोड भारु तिर्नुपर्ने सम्भावना देखिन्छ।
सुनिताले हिन्दू विवाह ऐन, १९५५ को धारा १३ अन्तर्गत व्यभिचार, क्रूरता र परित्यागलाई आधार बनाएकी छन्। उनीहरूबीच सन् १९८७ मा विवाह भएको थियो।



















