काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा सार्वजनिक मामिला विभाग सचिव बदन भण्डारीमाथि बुधबार राति आक्रमण भएको छ।
रास्वपा प्रवक्ता मनिष झाका अनुसार करिब राति ८ बजेतिर कपनस्थित पार्टी कार्यालयबाट घर फर्किँदै गर्दा मोटरसाइकलमा आएका तीन जनाको समूहले भण्डारीमाथि रड प्रहार गरेको हो।
आक्रमणबाट भण्डारीको टाउको र खुट्टामा चोट लागेको छ। चिकित्सकहरूले उनको टाउकोमा १० टाँका लगाएका छन्।
भण्डारी नेपाल राष्ट्रिय व्यवसायी महासंघका उपमहासचिवसमेत हुन्। उनले केही समययता फोनमार्फत धम्की आउने गरेको र पार्टी कार्यालय वरिपरि आएर आफ्नोबारे सोधखोज भइरहेको सूचनासमेत प्राप्त भएको बताएका छन्।



















