काठमाडौं—वृहत नागरिक आन्दोलनले सेनाको मध्यस्थता र सहकार्यमा राजतन्त्र फर्काउने षडयन्त्र भइरहेको दाबी गरेको छ। 

‘अहिले के स्पष्ट हुँदैछ भने जेनजीको आन्दोलनका सहिदहरूको लाशमाथि टेकेर सेनाको मध्यस्थता र सहकार्यमा राजतन्त्र फर्काउने र धर्मनिरपेक्षता हटाउने षडयन्त्र मञ्चन हुँदैछ,’ बिहीबार विज्ञप्ति जारी गर्दै नागरिक आन्दोलनले भनेको छ, ‘यो हामीलाई पटक्कै स्वीकार्य छैन।

जेनजी आन्दोलनको म्यान्डेट र बलिदानीहरूको आवाज न गणतन्त्र र धर्मनिरपेक्षता हटेर पश्चगमन होस् भन्ने थियो न सेनाको असंवैधानिक सक्रियता बढोस् भन्ने थियो।’