काठमाडौं—एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रपतिले संसद विघटनमा सहमती गरेकोप्रति असन्तुष्टी जनाउनु भएको छ।

शितल निवासमा जेनजी समुहका प्रतिनिधीसँग राष्ट्रपति पौडेल संसद विघटन गर्न सहमत भएपछि महासचिव पोखरेलले सामाजिक सञ्जालमा लेख्दै यस्तो असन्तुष्टी व्यक्त गर्नुभएको हो।

२०७७ सालमा प्रधानमन्त्री केपी शर्मा ओलीले दुई पटक संसद विघटन गर्दा पनि सर्वोच्च अदालतले बदर गरेको थियो । त्यसबेला वर्तमन राष्ट्रपति पौडेल सहित काँग्रेस र माओवादी केन्द्रका नेताहरु विघटन बदर गराउन सर्वोच्च अदालत पुगेका थिए।

महासचिव पोखरेलले यो कदम विडम्बनापूर्ण भएकोले सर्तक रहन र खबरदार गर्न आहवन गर्नुभएको छ।

महासचिव पोखरेलले लेख्नुभएको छ, ‘विगतमा बहुमतको प्रधानमन्त्रीले संसद विघटन गर्दा त्यसलाई असंवैधानिक भन्दै मुद्धा हाल्ने र फैसला सुनाउनेहरु अहिले स्वयं विघटनतर्फ अग्रसर हुनु विडम्बनापूर्ण विषय हो। त्यसैले सर्तक रहौं,खबरदारी गरौं।’