काठमाडौं — हालै अन्तरिम सरकारको नेतृत्व सम्हालेकी प्रधानमन्त्री सुशीला कार्कीको विवाहका बेला खिचिएको एउटा दुर्लभ तस्बिर सार्वजनिक भएको छ। उक्त तस्बिरमा तत्कालीन प्रगतिशील नेता मनमोहन अधिकारी र नेपाली कांग्रेसका नेता गिरिजाप्रसाद कोइराला साक्षीका रूपमा देखिन्छन्। तस्बिरको रोचक पक्ष भनेको त्यसमा देखिएका तीनजना— सुशीला कार्की, मनमोहन अधिकारी र गिरिजाप्रसाद कोइराला— सबै पछि गएर देशको प्रधानमन्त्री बनेका हुन्।