काठमाडौं — नेकपा (एस) का नेता तथा आरआर क्याम्पसका पूर्व स्ववियु सभापति दामोदर अर्यालले एमाले महासचिव शंकर पोखरेललाई लक्षित गर्दै कडा टिप्पणी गरेका छन्।

अर्यालले सामाजिक सञ्जालमार्फत भने,

“२०४५ सालको स्ववियु निर्वाचनमा शंकर पोखरेल र म दुवै जना सभापति निर्वाचित भएका थियौं। त्यसपछि उनी नेतृत्वको चाकरीमार्गमा लागे र माननीय, मन्त्री हुँदै महासचिव बने। म भने निरन्तर क्रान्ति, परिवर्तन र समाजवाद भन्दै हिँडें, आजसम्म वडाअध्यक्ष पनि भएको छैन।”

उनले थपे, “तर आज म निर्धक्क सडकमा हिँडिरहेको छु, उनी भने जनतासँग डराएर भूमिगत छन्।”

त्यसैगरी, अर्यालले हिजो पनि सामाजिक सञ्जालमा एमाले कार्यकर्तालाई सन्देश पठाउँदै लेखेका थिए,

“एमालेका साथीहरुलाई एउटा अनुरोध:- तपाईहरुको पार्टी अध्यक्ष र महासचिवप्रति आम जनतामा ठूलो रोष छ। कम्तिमा ६ महिना शंकर पोखरेललाई सामाजिक सञ्जालमा केही नबोल्न भन्नुस् न है!”