काठमाडौं — अमेरिकाले नेपालमा गठन गरिएको अन्तरिम सरकारको स्वागत गरेको छ। काठमाडौंस्थित अमेरिकी दूतावासले आइतबार जारी गरेको विज्ञप्तिमा लोकतान्त्रिक समाधानप्रतिको प्रतिबद्धताका लागि राष्ट्रपति रामचन्द्र पौडेल र युवा नेताको प्रशंसा गरिएको छ।
विज्ञप्तिमा भनिएको छ,
“यद्यपि, यो दुःखद समयमा हामी नेपालसँग शोकमा छौँ। हामी नेपाली सेना र प्रधानसेनापति अशोकराज सिग्देललाई संक्रमणलाई सहज बनाउँदै शान्तिपूर्ण नागरिक सरकार र व्यवस्था पुनर्स्थापित गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेकोमा सम्मान गर्दछौँ।”
दूतावासले अन्तरिम सरकारलाई आगामी निर्वाचनको तयारीमा सहयोग गर्न तयार रहेको जनाएको छ। विज्ञप्तिमा भनिएको छ,
“अन्तरिम सरकारले आगामी महिनाहरूमा नयाँ निर्वाचनको तयारी गर्ने क्रममा हामी नेपालसँग सहकार्य गर्न तयार छौँ।”




















