काठमाडौं — मुलुकमा सुशिला कार्की नेतृत्वमा अन्तरिम चुनावी सरकार गठन भएको छ। जेन–जी पुस्ताको आन्दोलनपछि कांग्रेस–एमाले नेतृत्वको शक्तिशाली केपी ओली सरकार ढलेर पूर्व प्रधानन्यायाधीश कार्की शुक्रबार राति प्रधानमन्त्रीमा नियुक्त भएकी हुन्।
शपथपछि शनिबार उनले जेन–जी आन्दोलनमा घाइते भई विभिन्न अस्पतालमा उपचाररत युवाहरूको स्वास्थ्य अवस्था बुझ्ने क्रममा उनले आफू “१८ घण्टा जनताको सेवामा खटिने” प्रतिबद्धता जनाए । प्रधानमन्त्री कार्कीले आइतबारै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेकी छिन्।
मन्त्रिपरिषद् विस्तारअघि जेन–जी आन्दोलनका संयोजक सुदन गुरुङकहाँ मन्त्री बन्न चाहनेहरूको भीड लागेको छ। तर गुरुङले स्पष्ट अडान राख्दै भनेका छन्,
“नयाँ सरकारले अघिल्ला सबै राजनीतिक नियुक्तिहरू खारेज गर्नुपर्छ। संवैधानिक निकायमा भएका नियुक्तिसमेत पुनः समीक्षा गरिनुपर्छ। विदेशमा राजनीतिक प्रभावको कारण नियुक्त गरिएका राजदूतहरूलाई पनि फिर्ता बोलाउनुपर्छ।”
सुदनको यो अडानले नयाँ सरकार गठनपछि आगामी राजनीतिक निर्णय र नियुक्तिहरूमा महत्वपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएको छ।




















