काठमाडौँ — काठमाडौँ महानगरपालिका–७ बौद्धस्थित भाटभटेनी सुपर स्टोरमा ६ वटा जलेका मानव कङ्काल फेला परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराका अनुसार ती कङ्काल पूर्ण रूपमा जलेका अवस्थामा भेटिएका हुन्।

शवहरूलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।