काठमाडौँ — महान्यायाधिवक्ता रमेश बडालको राजीनामा स्वीकृत भएको छ। अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले पदभार सम्हालेकै दिन उनको राजीनामा स्वीकृत गरिएको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार पदबाट राजीनामा दिएलगत्तै बडालले पनि महान्यायाधिवक्ताको पद छाडेका थिए।

महान्यायाधिवक्ता प्रधानमन्त्रीको प्रमुख कानूनी सल्लाहकारका रूपमा कार्य गर्ने संवैधानिक पद हो। नयाँ सरकार गठन भएपछि महान्यायाधिवक्ताले राजीनामा दिँदै नयाँ सरकारले अर्को व्यक्तिलाई नियुक्त गर्ने परम्परा रहिआएको छ।