काठमाडौँ — जेन-जी आन्दोलनका क्रममा अहिलेसम्म ७२ जनाको ज्यान गएको मुख्यसचिव एकनारायण अर्यालले बताएका छन्।
सिंहदरबारमा आइतबार नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण कार्यक्रममा बोल्दै उनले हालसम्म १९१ जना घाइतेको उपचार भइरहेको जानकारी पनि दिए।
उनका अनुसार घाइतेमध्ये १३४ जना प्रदर्शनकारी र ५७ जना प्रहरी छन्। अर्यालले मृतकको परिवारलाई राहत उपलब्ध गराउने र घाइतेको उपचारमा सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।




















