काठमाण्डौं—एमाले मुख्यालय च्यासलमा नेपालकै सबै भन्दा ठुलो झण्डा राखिएको छ । रातो पृष्ठभूमिमा सुनौलो रङ्गको हँसिया हथौडा अंकित अहिलेसम्मकै ठुलो झण्डा मजदुरहरुको संगठन जिफन्टले राखेको हो । 

सोमबार बिहान ११ बजे नेपाल ट्रेड युनियन महासंघ जिफन्ट र आवद्ध घटकहरुका करिव सयजना नेता कार्यकर्ताहरुले लम्बाई ४५ र चौडाई समेत ४५ रहेको राखेको जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले बताउनुभयो । भदौ २० देखि २२ सम्म ललितपुरको गोदावरीमा सम्पन्न विधान महाधिवेशनले पास गरेको झण्डा राखिएको श्रेष्ठले बताउनुभयो । 

Untitled-5 (1)जेन जी आन्दोलनका क्रममा भदौ २४ गते जेन जी आन्दोलनका क्रममा उदण्ड समुहले तोडपाmेड र आगजनी गरेको च्यासलस्थित भवनमा पार्टीको झण्डा रखिएको हो । एमाले, काँग्रेस र माओवादी लगायतका पार्टी कार्यालय र नेताहरुका घरहरु समेत क्षतविक्षत बनाएको थियो । 

कार्यालयमा कार्यकर्ताहरुको आवतजावत बाक्लिदै गएको टिकटक तथा फेसबुकमा फोटोहरु सार्वजनिक भएतापनि पार्टीको झण्डा तथा व्यानरहरु नभएकाले झण्डा राखिएको जिफन्ट अध्यक्ष श्रेष्ठले बताउनुभयो । कार्यालयको पूर्वतर्फ सबैले देख्नेगरी झण्डा राखिएको छ । त्यस्तै भवन अग्रभागमा समेत आगजनीका कारण क्षति पुगेको भवनको तेस्रो तलामा समेत हँसिया हथौडी अंकित पार्टीको झण्डा राखिएको हो । 

Untitled-4 (2) 5सोही दिन जिफन्ट टोलीले पार्टीका महासचिव शंकर पोखरेलको घर सरसफाई गरेको छ । जेन जी आन्दोलनका क्रममा आगजनी र तोडफोडले क्षतिपुगेको घरभीत्र रहेका जलेका, फुटेका र तोडफोड भएका समानहरु करिव ३ घण्टा लगाएर सफाई गरिएको जिफन्ट अध्यक्ष विनोद श्रेष्ठले बताउनुभयो । 

अध्यष श्रेष्ठका अनुसार अन्य पार्टी नेताहरुका घरहरु र पार्टी कार्यालयहरु सरसफाई गरिने बताउनुभयो ।  

झण्डा राख्दै भेटिएका जिफन्टका महासचिव लक्ष्मण शर्माले अवस्था विस्तारै सामान्यीकरण हुँदै गइरहेको र एमाले जस्तो पुरानो पार्टीले हरेस नखाने बताउनुभयो । 

टोलीमा सहभागी मजदुर नेता भीमज्वाला राईले नेपाली समाजको विचारको जगबाट उम्रिएको एमालेलाई भौतिक आक्रमणले कुनै असर नगर्ने बताउनुभयो । 

Untitled-4 (4) 2नेपाली जनताको सातदशक लामो संघर्षले स्थापना भएको संविधान र व्यवस्थाका विरोधीहरुको बहकावमा जेन जी पुस्ताको आन्दोलन परेको जिफन्ट बागमती प्रदेश अध्यक्ष रामहरी नेपालले बताउनुभयो । 

त्यस्तै एमाले माथीको भौतिक आक्रमण एमालेको स्वाधिनताको अडान विरुद्धको प्रहार रहेको पर्यटन क्षेत्रका युनियन युनिट्राभका अध्यक्ष सुमन पराजुलीले बताउनुभयो । 

त्यस्तै एमालेको राष्ट्रवादी अडानका कारण देशी तथा विदेशी शक्तिहरु मिले एमालेमाथि आक्रमण गरिएको नेपाल स्वरोजगार व्यापार श्रमिक संघका अध्यक्ष माया गुरुङले बताउनुभयो । 

संघिय लोकतन्त्रात्कम व्यवस्था र संविधानका रक्षाका लागि नेपाली श्रमजीवी वर्ग सधै तयार रहेको जिफन्टका सचिव महेन्द्रलाल श्रेष्ठले बताउनुभयो ।

Untitled-4 (3) 5