काठमाडौँ — सरकारले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा निधन भएका व्यक्तिलाई सहिद घोषणा गर्ने निर्णय गरेको छ।
नवगठित मन्त्रिपरिषद्को पहिलो बैठकले सहादत प्राप्त व्यक्तिलाई राष्ट्रिय सम्मानसहित राष्ट्रिय झण्डा ओढाउने र अन्त्येष्टि गर्ने निर्णय गरेको छ, जानकारी गृहमन्त्री ओमप्रकाश अर्यालले दिएका छन्।
आन्दोलनमा सहादत प्राप्त व्यक्तिको सम्मानमा आगामी असोज १ गते शोक दिवस मनाउने र सार्वजनिक बिदा दिने निर्णय पनि भएको छ। साथै, सरकारले सहिदको परिवारलाई क्षतिपूर्तिबापत नियमित दिँदै आएको रु १० लाखमा अतिरिक्त रु ५ लाख थप गरी कुल रु १५ लाख सहयोग प्रदान गर्ने निर्णय गरेको छ। उक्त रकम अर्थ तथा गृह मन्त्रालय र सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत प्रदान गरिनेछ।




















