चितवन — पत्रकार सन्तोष देउजाले आफ्नो घरमा भएको आगजनी घटनामा संलग्न मुख्य अभियुक्तको फोटो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन्।

उनले फोटो सार्वजनिक गर्दै नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघ चितवनका नेता सागर सुवेदी रहेको बताएका छन् ।

 उनी भरतपुर, चितवनका निवासी रहेको र पेशाले जग्गा दलाली रहेको बताएका छन् । 

देउजाका अनुसार सुवेदीले पेट्रोल खन्याएर उनका सम्पूर्ण सामानमा आगो लगाएका थिए।