काठमाडौँ — जेन–जी आन्दोलनले ल्याएको राजनीतिक प्रभाव माओवादी केन्द्रभित्र स्पष्ट देखिन थालेको छ। पार्टीका उपमहासचिव जनार्दन शर्माले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पदबाट हट्न आग्रह गर्दै नयाँ नेतृत्वको आवश्यकता औँल्याएका छन्।
शर्माले भने, “आन्दोलनले भ्रष्टाचार र दलालीतन्त्रलाई चुनौती दिएको छ, यसलाई पार्टीले सकारात्मक ढंगले आत्मसात् गर्नुपर्छ।”
उनले सम्पत्ति छानबिन गर्न स्वतन्त्र आयोग गठन, प्रत्यक्ष निर्वाचित नेतृत्व प्रणाली, पूर्ण समानुपातिक निर्वाचन, कार्यकारी राष्ट्रपतिको व्यवस्था र शहीद–घाइते परिवारको विशेष संरक्षण जस्ता प्रस्ताव अघि सारे।
यसबीच अन्तरिम सरकारले फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन गर्ने घोषणा गरिसकेको छ।




















