काठमाडौं—सरकारले बुधबार राष्ट्रिय शोक मनाउन सार्वजनिक बिदा घोषणा गरेको छ। भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा शहीद भएका व्यक्तिहरुको सम्झनामा शोक बिदा दिइएको हो।
गृहमन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार, राष्ट्रिय झण्डा आधा झुकाउन र नेपालभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास तथा नियोगहरुमा शोक मनाउन आग्रह गरिएको छ।
सोही दिन जेनजी आन्दोलनका क्रममा मृत्यु भएका शहीदहरुको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टी गरिएको छ।




















