काठमाडौं — कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा डढेको अवस्थामा एक शव फेला परेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराका अनुसार शव शरीर पूरै जलेको अवस्थामा भेटिएको हो र पहिचान हुन सकेको छैन।

यसअघि चुच्चेपाटीको भाटभटेनीबाट सातवटा डढेको शव फेला परेको थियो। ती सबै अस्थिपञ्जरको रूपमा त्रिवि शिक्षण अस्पताल महाराजञ्जमा राखिएका छन्। ती शवहरूको पनि पहिचान अझै भएको छैन। त्यसैगरी धरान शाखामा चारजनाको शव फेला परेकोको थियो ।

जेनजी आन्दोलनका क्रममा मृत्यु हुनेहरूको संख्या यससँगै ७४ पुगेको छ।