काठमाडौं – नेपालमा भएको दुई दिने जेन–जी आन्दोलनको मौका छोपेर ठूलो संख्यामा कैदी बाहिर निस्किएपछि विभिन्न देशहरूले नेपाली नागरिकमाथि यात्रा प्रतिबन्ध लगाउन थालेका छन्।

संयुक्त अरब इमिरेट्स (युएई)ले वर्किङ र पर्यटन दुवै भिसा रोक्दा, दक्षिण कोरियाले पनि ई–७ भिसा रोकेको छ। यसैबीच, पोर्चुगलले आवास अनुमति पत्र लिएर देश बाहिर जान चाहने नेपालीहरूलाई रोक लगाएको छ। भारतले पनि सीमामा कडाइ गरेको छ।

देश छोड्न नपाउँदा दशैं मनाउन हिँडेका केही नेपाली अफ्ट्यारोमा परेका छन्। बुधबार मात्र १२ जना आप्रवासीलाई पोर्चुगलको आवास अनुमति पत्र लिएर देश बाहिर जान रोक लगाइएको थियो, जसमा केही नेपाली पनि थिए।