काठमाडौं—नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले चुनौती सामना गरेर एमाले फेरि अगाडी बढ्ने बताएका छन् । संविधान दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय च्यासलमा शुक्रवार आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
वरिष्ठ उपाध्यक्ष पोखरेलले पार्टी केन्द्रीय कार्याल डढेर खरानी भए पनि हाम्रो इच्छाशक्ति नमरेको बताए । ‘यो चुनौती देखेर आत्तिनु र हताश हुनुपर्दैन। यो चुनौती सामना गरेर नेकपा एमाले फेरि अगाडी बढ्छ’, नेता पोखरेलले भने , ‘हाम्रो कार्यालय डढेर खरानी भयो। तर हाम्रो इच्छाशक्ति मरेको छैन । हाम्रो इच्छाशक्ति कहिले मर्ने छैन।’
नेता पोखरेलले एउटा दुर्भाग्यपूर्ण घटना मुलुकले व्यहोर्नु परेकोमा दुख व्यक्त गरे । एमालेका नेतादेखि कार्यकर्तासम्म कहिले पनि विचलित नहुने उनले जिकिर गरे ।




















