काठमाडौं—ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र सहरी विकासमन्त्री कुलमान घिसिङले आफ्ना मन्त्रालयअन्तर्गत अनियमितता रोक्न कडा निर्देशन दिएका छन्। मन्त्री घिसिङले भने, “एक रुपैयाँ पनि अनियमिता भए संलग्नलाई छाडिने छैन।”
उनले तीनवटै मन्त्रालयका सचिव र विभागीय प्रमुखलाई अलपत्र र लामो समयदेखि काम नभएका जीर्ण विकास आयोजनाको सूची तत्काल तयार गर्न निर्देशन दिएका छन्। मन्त्री घिसिङले काम नगर्ने निर्माण व्यवसायीको अनुहार हेरेर आयोजनालाई अलपत्र राख्न नहुने स्पष्ट पारेका छन्।
सिँचाइअन्तर्गत सुनकोसी मरिन बहुउद्देश्यीय आयोजना, भौतिक पूर्वाधार अन्तर्गत तीनवटा सडक र एक सयभन्दा बढी पुल निर्माण आयोजना अलपत्र रहेको बताउँदै उनले ठेक्का तोडेर नयाँ प्रक्रियामा लग्नुपर्ने र काममा ढिलाइ नगर्नुपर्ने आदेश दिएका छन्।




















